निरन्तरको वर्षाले सडक भत्काउँदा घान्द्रुकमा घटे पर्यटक
कास्की | साउन १७, २०७९
कास्कीः शनिबार अपरान्हदेखि निरन्तर वर्षा हुँदा कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा चहलपहल ह्वात्तै घटेको छ ।
गर्मीको सिजनमा घुम्न उत्तम मानिले घान्द्रुकमा शनिबारदेखि निरन्तर परेको पानीले सडक सञ्जाल अवरुद्ध हुँदा त्यहाँ रहेका आन्तरिक र बाह्य पर्यटक पैदल फर्कन थालेका छन् भने बाहिरबाट त्यहाँ जान कठिनाई भएको छ ।
बिरेठाँटीबाट घान्द्रुक जानेक्रममा क्ल्यु खोला, भिचु, छैसरीमा पहिरो गएकाले यातायात अवरुद्ध हुँदा साँदीखोलादेखि पैदलै हिड्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवस्थापन समिति, घान्द्रुकका सदस्य राजबहादुर गुरुङले जनाएका छन् ।
गुरुङका अनुसार शनिबारअघि त्यहाँ पुगेका पर्यटकहरु पुरानो बाटे हिँडेर साँदीखोलासम्म आएका छन् । साँदीखोलाबाट बिरेठाँटी–पोखरा गाडी चलिरहेको गुरुङले जानकारी दिए ।
हाल स्थानीय एवं केही पर्यटकहरु साँदीखोलाबाट ५ किलोमिटर हिँडेर घान्द्रुक पुग्न बाध्य भएको छन् । सडकमार्ग करिब १० किलोमिटर भएपनि पैदलमार्ग ५ किलोमिटरको हाराहारीमा रहेको छ ।
सडक सुचारु गर्न पर्यटन व्यवस्थापन समित, घान्द्रुक जीप व्यवसायी समिति र अन्नपूर्ण गाउँपालिकासँग समन्वय भएपनि यतिबेला मर्मत कार्य गर्न कठिनाई रहेको छ ।
जीप व्यवसायी समितिको सहसचिवसमेत रहेका गुरुङले भने, ‘यतिबेला तात्तातै मर्मत गर्दा भरे नै उस्तै हुने सम्भावना छ, केही दिनपछि मौसममा सुधार भएपछि काम थाल्नेछौं ।’
गुरुङ भन्छन्, ‘अहिले प्रायः होटल रित्तिएका छन्, मेरै लज पनि खाली छ ।’ गुरुङले पानोरामा भ्यू पोइन्ट लज सञ्चालन गरेका छन् ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

